एक व्यक्ति २ पटक भन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे
सारांश
- एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष २ पटक भन्दा बढी हुन नपाउने कानुन बनाउनुपर्ने बताए।
- उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रका लागि यस्तो व्यवस्था आवश्यक रहेको बताएका छन्।
- पाण्डेले केपी ओलीको नेतृत्वमा लोकतान्त्रिक प्रक्रियामा विचलन आएको आरोप लगाए।
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कुनैपनि पार्टीको अध्यक्ष एक व्यक्ति २ पटक भन्दा बढी हुन नपाउने कानुनमै व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले दलभित्रको आन्तरिक लोकतन्त्रका लागि पनि यो व्यवस्था अनिवार्य भएको बताए ।
सोमबार ईश्वर पोखरेल समूहले आयोजना गरेको अन्तरक्रियामा बोल्दै पाण्डेले देशको कानुन र पार्टीभित्रको विधानमा पनि लोकतान्त्रिकरणको विषय महाधिवेशनमा उठाउने बताए ।
नेता पाण्डेले नेकपा एमालेभित्र पछिल्लो समय केपी ओली नेतृत्वमा आइसकेपछि लोकतान्त्रिक प्रक्रियामा गम्भीर विचलन देखापरेको भन्दै जवजको स्पिरिटअनुसार ओली चल्न नसक्दा पार्टी संकटमा परेको बताए । ‘उहाँ आफै अगुवाई गरेर पार्टी लोकतान्त्रिकरण गर्ने भनेर ७० बर्षे उमेर हद लगायतको व्यवस्था गरियो’, पाण्डेले भने, ‘तर उहाँले लोकतान्त्रिकरणको सवै कुरा मिच्दै जानुभयो ।’
पाण्डेले लोकतान्त्रिक इतिहास बोकेको एमाले पार्टीलाई व्यक्तिवादी पार्टीमा ओलीले सीमित गरेको आरोप समेत लगाए ।
‘केही व्यक्तिको निर्णयमा चल्ने पार्टीमा रुपान्तरण गर्ने जुन स्थिति बन्दैछ जसले गर्दा एमाले जनताको बिचमा खुम्चने, साँघुरिने र आइसोलेसनमा जाने अवस्था देखा पर्दैछ’, उनले भने, ‘पार्टी नवपुस्ताका विचमा विस्तार हुनुपर्नेमा उल्टो भइरहेको छ । चुनाव नहुने पार्टीमा किन आउने भनेर नवपुस्ताले भनेका छन् ।’
नेता पाण्डेले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका युवाहरुले पनि पुराना पार्टीहरुमा लोकतान्त्रिकरणको मुद्दा अघिसारेको कुरालाई नजरअन्दाज गर्न नमिल्ने बताए ।
एउटा व्यक्ति एउटै पार्टीको दुई पटक भन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमै ल्याउनुपर्नेमा पाण्डेको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
-
म्यानमार द्वन्द्वमा मृतकको संख्या एक लाख नाघ्यो
-
लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
-
रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य, को कता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण