राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट
मङ्गलबार, २३ मङ्सिर २०८२, ०७ : ०८
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बागमती प्रदेशको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशनले चितवनलाई ‘उत्कृष्ट जिल्ला’ घोषणा गरेको छ।
बागमती प्रदेशअन्तर्गतका जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन, सङ्गठनात्मक सक्रियता र योगदानका आधारमा चितवन जिल्ला कार्यसमितिलाई यस वर्षको उत्कृष्ट जिल्लाको रूपमा सम्मान गरिएको हो।
अधिवेशनमा चितवनबाट प्रतिनिधित्व गर्दै संस्थाका अध्यक्ष वसन्त लामा, सचिव रोबिन सुवेदी कोषाध्यक्ष भूमिराज घिमिरेलगायतको उपस्थिति रहेको थियो।
चितवन शाखाले निरन्तर सांस्कृतिक संरक्षण, प्रतिभा विकास र संस्थागत सक्रियतामार्फत प्रदेशभर सकारात्मक पहिचान बनाउँदै आएको हुँदा बागमती प्रदेशले उच्च मूल्याङ्कन गर्दै ‘उत्कृष्ट जिल्ला’ उपाधि प्रदान गरेको सचिव सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण