जनकपुरधाममा भोलि ओडिसी नृत्य कार्यक्रम हुँदै
जनकपुरधाम। वीरगञ्जस्थित कन्सुलेट जनरल अफ इण्डियाको आयोजनामा भोलि (बुधबार) जनकपुरधाममा ओडिसी नृत्य कार्यक्रम हुने भएको छ।
भारतीय शास्त्रीय नृत्य परम्परालाई प्रस्तुत गर्ने उक्त कार्यक्रमले मिथिला क्षेत्र र भारतबिचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।
कार्यक्रममा भारतीय शास्त्रीय नृत्य ओडिसीकी ख्यातिप्राप्त कलाकार सन्ध्या कुञ्जन मेनन दास तथा उनको समूहले प्रस्तुति दिनेछन्। उनीहरूको नृत्य प्रस्तुतिले भक्ति, सौन्दर्य र शास्त्रीय भावनालाई कलात्मक ढङ्गबाट अभिव्यक्त गर्ने आयोजकले बताएका छन्।
मैथिली विकास कोषको भवनमा आयोजना हुने कार्यक्रम बेलुका ४ बजे सुरु हुने कोषका अध्यक्ष जिवनाथ चौधरीले जानकारी दिए। उनका अनुसार कार्यक्रम जनकपुरधामका कलाकार, सांस्कृतिक अभियन्ता, बुद्धिजीवी तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिका लागि खुला रहनेछ।
कन्सुलेट जनरल अफ इण्डियाले जनकपुरधामवासी कला–संस्कृतिप्रेमीलाई कार्यक्रममा सहभागी भई भारतीय शास्त्रीय नृत्यको आनन्द लिन आग्रह गरेको छ।
ओडिसी नृत्य भारतको ओडिशा राज्यबाट उद्गम भएको प्राचीन नृत्य विधा हो, जसमा आध्यात्मिकता, भक्ति र भावनात्मक सौन्दर्यको गहिरो समायोजन पाइन्छ।
कलाकार सन्ध्या कुञ्जन मेनन दासको टोलीले यसअघि नेपालका विभिन्न सहरमा प्रस्तुति दिँदै दर्शकको मन जितिसकेको छ। जनकपुरधामको कार्यक्रममा पनि उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
कार्यक्रमसम्बन्धी थप जानकारी कन्सुलेट जनरल अफ इण्डिया, वीरगञ्जको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
-
भव्य देखियो नयाँ संसद् भवन, सम्पन्न मिति अझै अनिश्चित (तस्बिरहरु)
-
हप्ताको दुई दिन बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान
-
बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण