सर्लाहीमा नक्कली नोटसहित एक जना पक्राउ
बिहीबार, २५ मङ्सिर २०८२, १२ : ५७
सारांश
- सर्लाहीको विष्णु गाउँपालिका-६ बाट ९५ थान नक्कली नोटसहित फिरोज खान पक्राउ परेका छन्।
- फिरोज खानलाई बुधबार बेलुकी इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
- खान भारतबाट नेपाल आउँदै गरेको अनटेष्ट मोटरसाइकलमा सवार थिए, जहाँ नक्कली नोट फेला परेको थियो।
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा कौडेना गाउँपालिका–५ छपकैया बस्ने ३० वर्षीय फिरोज खान रहेका छन्। उनलाई बुधबार बेलुकी इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार रहेका खानलाई चेकजाँच गर्दा उनको साथबाट ती नक्कली नोटहरू फेला परेका थिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
-
निर्माण व्यवसायीविरुद्ध मन्त्रीले दिएको अभिव्यक्ति प्रति सांसद स्वारकाे आपत्ति
-
स्पेनविरुद्ध नायक बनेका केप भर्डेका ४० वर्षीय गोलरक्षक
-
सांसद वासना थापाको माग: 'मेरा कुरा मन्त्रीलाई नै सुनाउने हो, उहाँलाई उपस्थित गराइयोस्'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण