बंगलादेशमा आमनिर्वाचनको मिति घोषणा
बिहीबार, २५ मङ्सिर २०८२, २० : ४६
काठमाडौँ । बंगलादेश निर्वाचन आयोगले देशमा आम निर्वाचन आगामी फेब्रुअरी १२ मा हुने घोषणा गरेको छ । मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दीनले राष्ट्रका नाममा सम्बोधन गर्दै चुनाव कार्यक्रमको घोषणा गरेका हुन् ।
यस पटक जनमत सङ्ग्रह पनि सोही दिन हुने भएकाले मतदानको समय एक घण्टा बढाइएको छ। यो चुनाव पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि पहिलो पटक हुन लागेको हो ।
मुख्य निर्वाचन आयोगका अनुसार चुनावका लागि नामाङ्कन दर्ता गर्ने अन्तिम मिति डिसेम्बर २९ तोकिएको छ भने नामाङ्कन पत्रहरूको जाँच डिसेम्बर ३० देखि जनवरी ४ सम्म जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण