बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

महाधिवेशनको मुखमा एमाले केन्द्रीय सदस्य थापाले लिए सक्रिय राजनीतिबाट बिदा

शुक्रबार, २६ मङ्सिर २०८२, १० : ५४
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • भूपेन्द्र थापाले पारिवारिक कारण देखाउँदै नेकपा एमालेको सक्रिय राजनीतिबाट बिदा लिएका छन्।
  • उनी २०७४ को निर्वाचनमा म्याग्दीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
  • थापाले अन्य पार्टीमा जाने हल्लाको खण्डन गर्दै आन्दोलनप्रतिको निष्ठा कायम रहने बताए।

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्र थापाले सक्रिय राजनीतिबाट दिएका छन् । एमालेको महाधिवेशन भोलिदेखि काठमाडौँको सल्लाघारीमा सुरु हुँदैछ । थापाले पारिवारिक कारण देखाएर सक्रिय राजनीतिबाट बिदा लिन लागेको जानकारी गराएका हुन् । उनी २०७४ को निर्वाचनमा म्याग्दीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

‘नवौँ राष्ट्रिय महाधिवेशनबाट हालसम्म केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा रहेको छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘विभिन्न तह र क्षेत्र हुँदै निर्वाचित प्रतिनिधि सभा सदस्यका रूपमा पार्टी, समाज, जिल्ला र मुलुकको सेवा गर्ने मौका प्राप्त भयो । यस अवसरका लागी हार्दिक धन्यवाद ।’

अन्य पार्टीमा जान लागेको होहल्ला भइरहेकोमा उनले खण्डन गरेका छन् । ‘मेरो पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा रहन नसकेको हो । अभियान नै छोडेको होइन,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘आन्दोलन प्रतिको निष्ठा र इमानमा कुनै कमी रहने छैन । निष्क्रिय भएपनि अन्य पार्टीमा जान लागेको होइन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप