बिटी कान्छाको ‘हरामी’मा को–को छन् ?
काठमाडौँ । ‘बिटी कान्छा’को उपनामले परिचित विश्वास तिमल्सेनाको लेखन तथा निर्देशन रहेको सिरिज ‘हरामी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । हरि, राहुल र मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित भई ‘हरामी’ नामाङ्कन गरिएको उक्त सिरिजको सार्वजनिक गीतमा शब्द, सङ्गीत र गायन साइलाकै रहेको छ । यसको सङ्गीत निर्माण समिरन राणाले गरेका हुन् ।
मन प्रोडक्सनले निर्माण गरेको उक्त सिरिज सिरिजमा निकुन श्रेष्ठ, ऋषिकेष बस्याल र सशाङ्क बोहरा मुख्य भूमिकामा छन् । तीन साथीको वरिपरि केन्द्रित रहेको सिरिजमा आना शर्मा, घनुभाइ जोशी, रक्षा थापा, गौमाया गुरुङ, प्रीतिशा अधिकारी आदिको भूमिका रहेको छ ।
आफ्नो युट्युब च्यानलमार्फत् नेपाली चलचित्रको रमाइलो समीक्षा गर्दै आएका बिटी कान्छा अर्थात् विश्वास पछिल्लो समय ‘कमेडी दरबार’मा पनि देखिँदै आएका छन् । ‘कमेडी दरबार’ भित्र विभिन्न भूमिकामा देखिने बिटी कान्छाले सिरिजमा पनि विभिन्न विषयलाई प्रस्तुत गर्ने जमर्को गरेका छन् ।
‘हामीले प्रसारित पहिलो भागबाट राम्रो समीक्षा पाएका छौँ । कुल पाँच भागको एपिसोड रहने सिरिजमा फरक फरक थिममा रहेर एपिसोड तयार गरेका छौँ’, बिटी कान्छाले भने ।
उनले हरेक हप्ता चलचित्र क्षेत्रका चर्चित नाम सिरिजमा देखिने जानकारी गराएका छन् । सिरिजको प्रसारण भइसकेको पहिलो भागमा उनले साथीहरुको दबाबले लिने निर्णयलाई हास्य रसमा प्रस्तुत गरेका छन् । प्रोडक्सन क्वालिटी र प्रस्तुतिका कारणले सिरिजको पहिलो भागले राम्रै दर्शकसँगै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
-
प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बाख्रापालनले दिलाएको सम्मान र सन्तुष्टि
-
गण्डकीमा बजेट लेखनको अन्तिम तयारी
-
आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण