पोखरा महानगरले ६७औं स्थापना दिवसमा ९ जनालाई २ लाख राशिको नवरत्न सम्मान दिने
पोखरा । पोखरा महानगरपालिकाले विभिन्न कार्यक्रम गरी ६७ औं स्थापना दिवस मनाउँदैछ । नगर पञ्चायत स्थापना भएकै दिनलाई महानगरले आफ्नो स्थापना दिवसका रुपमा मनाउन लागेको हो । स्थापना दिवसमा गर्ने कार्यक्रमबारे महानगरले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
स्थापना दिवसको अवसरमा महानगरले ९ जनालाई २ लाख नगदसहित नवरत्न सम्मान गर्न लागेको छ । भाषा साहित्य, कला (सङ्गीत नृत्य, नाट्य, चित्रकला), शिक्षा, स्वास्थ्य, कृषि तथा उद्यमशीलता, सामाजिक सेवा, खेलकुद पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण, विज्ञान प्रविधि तथा नवप्रवर्द्धन र अन्य क्षेत्रहरुमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूलाई २ लाख २ हजार २ सय रुपैयाँ नगद सहित ताम्रपत्र, दोसल्ला र पदक पुरस्कार प्रदान गरिने मेयर धनराज आचार्यले जानकारी दिए ।
यस्तै, सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जना कर्मचारीहरूलाई पनि सम्मान गरिनेछ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जीपीए अंक प्राप्त गर्ने ६७ जना विद्यार्थीहरू र महानगर स्तरीय परीक्षा (कक्षा ८) मा ४ जीपीए अंक प्राप्त गर्ने १२ जना विद्यार्थीलाई सम्मान गरिने उनले बताए ।
कक्षा ८ को परीक्षामा विषयगत रूपमा औसत उपलब्धि हासिल गर्ने ३० जना र एसइईतर्फ ३० जना गरी ६० जना उत्कृष्ट शिक्षक, कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने १५ वटा, एसइई तर्फ ४९ तथा सामुदायिक र संस्थागत विद्यालयतर्फ सबैभन्दा बढी जीपीए प्राप्त गर्ने १/१ विद्यालयलाई पनि सम्मान गर्ने कार्यक्रम छ । सरसफाइमा उत्कृष्ट ३ वटा वडा, महानगर मातहतका कार्यलयमध्येबाट सरसफाइमा उत्कृष्ट कार्यालय र महानगरपालिकालाई तोकिएको समयमा नियमित र सबैभन्दा बढी राजश्व तिर्ने उत्कृष्ट करदाता समेत सोही अवसरमा सम्मानित गरिने महानगरले जनाएको छ ।
सबैभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई महानगर मातापिता घोषणा गरिनेछ भने किसानहरूलाई प्रोत्साहन गर्न कृषि क्वीज, रक्तदान, सारंगी पार्कको शिलान्यास हुने महानगरले जनाएको छ । मूल समारोहमा पोखरा महानगरपालिकाकासँग भगिनी सम्बन्ध कायम गरिएका स्वदेशी तथा विदेश नगरका प्रमुख तथा प्रतिनिधिहरू, नेपालका ६ वटै महानगरपालिका, उपमहानगरपालिकाका प्रमुखहरू सहभागी हुनेछन् । स्थापना दिवस तयारीका लागि मूल समारोह समिति, निर्देशक समिति र विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण