कविता: पक्ष र विपक्षमा कीर्तिपुरको मैदान
छोरा पर्यो सुदूरपश्चिमको समर्थक हजुर,
छोराको आमा परिन् लुम्बिनी,
गार्हो छ हजुर आज मलाई कसको पक्षमा उब्भिनी,
दर्शकहरूको चाप थेग्नै नसक्ने छ हजुर यो चिसो मौसममा,
म पनि त दुई ढुङ्गाको तरुल जस्तै भा'को छु आज यो कीर्तिपुरको मैदानमा,
कीर्तिपुरको नाम पढेको थिएँ हजुर बच्चामा इतिहास पुस्तकको पानामा,
यो एनपीएल खेल हेर्दै छन् हजुर विश्वको हरेक कुना कन्दरामा,
मलाई त कस्तो रहर छ हजुर भनूँ कि नभनीकन राखूँ यो मेरो मनमा,
भारत र पाकिस्तान को म्याच हेर्न चाँडै पाइयोस् यो हाम्रो सुन्दर देशको मैदानमा,
पर्यटन,कृषि र पानी को भविष्य देखिन्छ हिमाल,पहाड र तराईमा,
अब त केही गर देश चलाउने हो,
के लान्छौँ र तिमीले मलामी बाहेक त्यो आर्यघाटमा,
हारजित र खुसी-आक्रोशको सबै भावना, मिलेर टक्टकाउ आजै उभिएको जमिनमा,
प्रश्न सजिलो हुँदा पनि उत्तर लेख्न गाह्रो हुन्छ भन्ने शिक्षा पाइन्छ क्रिकेट खेलमा,
पुरुषोत्तम लोहनी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण