एमाले छाडेर रास्वपा प्रवेशको तयारी गर्दै पूर्व नगरप्रमुख
बुटवल । नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी गरेका छन् ।
लामो समय एमालेको राजनीति गरेका कार्की २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट सैनामैना नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा भने उनले पुनः टिकट पाएर पनि पराजित भएका थिए । कार्की एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री र सांसद रहँदा उनका स्वकीय सचिवका रूपमा पनि कार्यरत थिए ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेको भन्दै कार्कीले भदौ २३ गते नै असन्तुष्टि जनाएका थिए । सोही दिन उनले एमाले परित्यागको घोषणा गरेका थिए । धेरै नेताहरूले सुझाउँदा पनि उनी पार्टीमा नफर्की बसेका थिए र अहिले रास्वपा प्रवेश गर्ने निर्णयमा पुगेका हुन् ।
रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराम घिमिरेले रातोपाटीलाई बताएअनुसार कार्कीले भोलि (मङ्सिर २८ गते) रुपन्देहीको सैनामैनामा आयोजना गरिने कार्यक्रममा औपचारिक रूपमा रास्वपा प्रवेश गर्नेछन् । उक्त कार्यक्रममा स्वर्णिम वाग्लेसहित नेताहरूले कार्कीलाई पार्टी प्रवेश गराउने घिमिरेले जानकारी दिए ।
जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमा घटनामा भएको हत्याको विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने माग कार्कीले गरेका थिए । त्यसपछि उनी पार्टीको जिल्ला बैठकमा समेत उपस्थित भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण