आईपीएल अक्सन : मुस्तफिजुर कोलकातामा, लिभिङस्टोन पुगे हैदराबाद
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सन आबू धाबीमा चलिरहेको छ। यो लिलामीमा १० वटा टिमले ७७ खेलाडीलाई किन्नका लागि बोली लगाइरहेका छन्।
पन्जाब किङ्सले अस्ट्रेलियाका कूपर कोनलीलाई ३ करोड भारतीय रुपैयाँमा किनेर लिलामीको पहिलो खेलाडी बनायो। उनको बेस प्राइस २ करोड रुपैयाँ थियो।
बंगलादेशका तीव्र गतिका बलर मुस्तफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले ९.२० करोड रुपैयाँमा किन्यो। उनको बेस प्राइस २ करोड रुपैयाँ थियो। कोलकाताले यसअघि न्युजिल्यान्डका विकेटकिपर टिम साइफर्टलाई १.५० करोडमा किनेको थियो।
गुजरात टाइटन्सले वेस्ट इन्डिजका अलराउन्डर जेसन होल्डरलाई ७ करोड रुपैयाँमा किन्यो। चेन्नई सुपर किंग्सले अस्ट्रेलियाका म्याथ्यू सर्टलाई १.५० करोड रुपैयाँमा आफ्नो टिममा जोड्यो।
दिल्ली क्यापिटल्सले श्रीलङ्काका ब्याट्सम्यान पथुम निसंकालाई कोलकातासँगको प्रतिस्पर्धापछि ४ करोड रुपैयाँमा किनेको छ।
यसैगरी, सनराइजर्स हैदराबादले ज्याक एडवड्र्सलाई ३ करोड र शिवम मावीलाई ७५ लाखमा किन्यो। दिल्ली क्यापिटल्सले लुङ्गी एनगिडीलाई २ करोडमा किन्दा, गुजरात टाइटन्सले जोस इंग्लिसलाई ८.६० करोड रुपैयाँमा किन्यो।
चेन्नईले राहुल चाहरलाई ५.२० करोड र म्याट हेनरीलाई २ करोड रुपैयाँमा किनेर आफ्नो टिमलाई बलियो बनाएको छ।
लिभिङस्टोनलाई हैदराबादले १३ करोड रुपैयाँमा किनेको छ। उनलाई टिममा भित्र्याउनका लागि लखनउ सुपर जायन्ट्सले पनि प्रतिस्पर्धा गरेको थियो, तर बोली १३ करोड रुपैयाँ पुगेपछि टोलीपछि हट्यो। लिभिङस्टोन यस लिलामीका सबैभन्दा महँगा खेलाडीहरूमध्ये एक बनेका छन्।
यसका साथै, कोलकाताले न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रवीन्द्रलाई २ करोड रुपैयाँमा किन्यो। कोलकाताले भारतका खेलाडी आकाश दीपलाई पनि १ करोड रुपैयाँमा आफ्नो टिममा जोडेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण