राजनीति दल
जनमत पार्टीका मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष चौधरीले दिए राजीनामा
बुधबार, ०२ पुस २०८२, १४ : ११
काठमाडौँ । जनमत पार्टीका मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले राजीनामा दिएका छन् । उनले अध्यक्ष डा. सीके राउतलाई सम्बोधन गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
चौधरीले पार्टी नीति–सिद्धान्तबाट विचलित भएको, भ्रष्टाचारमा लिप्त भएको तथा नातावाद हाबी भएकाले पार्टीभित्र काम गर्ने वातावरण नरहेको बताएका छन् ।
सर्लाहीको हरिपुर्वा–४ का चौधरी मधेस प्रदेश राजनीतिमा परिचित नेता हुन् । गत निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ (क)बाट प्रतिस्पर्धामा रहेपनि पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण