भैरहवाबाट दुई हात्ती कतार पठाइयाे
बुधबार, ०२ पुस २०८२, १८ : ५६
बुटवल । नेपाल सरकारले कतारलाई उपहारस्वरूप प्रदान गर्ने दुई वटा हात्ती भैरहवा विमानस्थलबाट कतारको दोहा लगिएको छ ।
चितवनबाट खगेन्द्रप्रसाद र रुद्रकली नाम गरेका हात्तीलाई गाडीमा राखेर मंगलबार चितवनबाट भैरहवा ल्याइएको थियो । बुधबार भैरहवाबाट कतार बोइङ ७७७ चार्टर कार्गो विमानमार्फत आज साँझ हात्ती दाेहा पठाइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।
हात्ती कातर पठाउने निर्णय २०८१ साल कात्तिक २ गते मन्त्रिपरिषद् बैठकले गरेको हो । हात्तीसँगै दुई जना माउते र एक जना प्राविधिक पनि कतार प्रस्थान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण