आईसीसी टी–२० विश्वकप : १०० भारतीय रुपैयाँमै टिकट पाइने
सारांश
- आगामी आईसीसी टी-२० विश्वकप क्रिकेटको लागि बंगाल क्रिकेट संघले टिकट दर सार्वजनिक गरेको छ।
- कोलकाताको इडन गार्डेन्समा हुने खेलका लागि टिकटको मूल्य १०० भारुदेखि १० हजार भारुसम्म तोकिएको छ।
- समूह चरण र नकआउट चरणका खेलहरूमा टिकट दर फरक-फरक रहेको छ, जसमा मूल्य निर्धारण गरिएको छ।
काठमाडौँ । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको चासो सर्वत्र बढ्दै गएको छ । स्टेडियममै गएर विश्वकप क्रिकेट हेर्ने योजना बनाएका कतिपय क्रिकेट प्रेमीलाई बंगाल क्रिकेट संघले खुसीको बहार ल्याएको छ ।
विश्वकप अन्तर्गत कोलकातास्थित इडन गार्डेन्समा हुने प्रतियोगिताका लागि बंगाल क्रिकेट संघले टिकटको मूल्य सार्वजनिक गरेको छ । जस अनुसार न्यूनतम १०० रुपैयाँ भारुदेखि १० हजार भारुसम्मका टिकट दर कायम गरिएको छ । लिग चरणको तुलनामा नकआउट चरणका म्याचको टिकट दर तुलनात्मक रूपमा महँगो छ ।
सो स्टेडियममा बंगलादेश र इटली, इङ्ग्ल्याण्ड र इटली, वेस्ट इन्डिज र इटलीले समूह चरणमा प्रतिस्पर्धा गर्दैछन् । यी म्याचका लागि प्रिमियम हस्पिटालिटी (बी प्रिमियम) वर्गको टिकटको मूल्य ४ हजार भारु राखिएको छ । लोअर ब्लक ‘बी’ र ‘एल’को शुल्क एक हजार भारु, लोअर ब्लक ‘सी’, ‘एफ’ र ‘के’को शुल्क २०० भारतीय रुपैयाँ छ । लोअर ब्लककै ‘डी’, ‘ई’, ‘जी’, ‘एच’ र ‘जे’को मूल्य पनि २०० भारु छ । अपर ब्लक बी वान, सी वान, डी वान, एफ वान, जी वान, एच वान, के वान र एल वानको टिकट शुल्क भारु १०० राखिएको छ ।
वेस्ट इन्डिज र बंगलादेश, इंग्ल्याण्ड र बंगलादेशबिचको समूह चरणको म्याचको टिकट तुलनात्मक रूपमा केही बढी छ । यी म्याचका लागि प्रिमियम हस्पिटालिटी (बी प्रिमियम) वर्गको टिकटको मूल्य ५ हजार भारु राखिएको छ । लोअर ब्लक ‘बी’ र ‘एल’को शुल्क एक हजार ५०० भारु, लोअर ब्लक ‘सी’, ‘एफ’ र ‘के’को शुल्क एक हजार भारतीय रुपैयाँ छ । लोअर ब्लककै ‘डी’, ‘ई’, ‘जी’, ‘एच’ र ‘जे’को मूल्य पनि ५०० भारु छ । अपर ब्लक बी वान, सी वान, डी वान, एफ वान, जी वान, एच वान, के वान र एल वानको टिकट शुल्क भारु ३०० राखिएको छ ।
सुपर ८ चरणका प्रतियोगिता र सेमीफाइनलका लागि प्रिमियम हस्पिटालिटी (बी प्रिमियम) शुल्क १० हजार रुपैयाँ भारु राखिएको छ । लोअर ब्लक ‘बी’ र ‘एल’ टिकटको मूल्य ३ हजार भारु राखिएको छ ।
यस्तै, लोअर ब्लक ‘सी’, ‘एफ’ र ‘के’को शुल्क दुई हजार ५०० भारतीय रुपैयाँ छ । लोअर ब्लककै ‘डी’, ‘ई’, ‘जी’, ‘एच’ र ‘जे’को मूल्य एक हजार ५०० भारु छ । अपर ब्लक बी वान, सी वान, डी वान, एफ वान, जी वान, एच वान, के वान र एल वानको टिकट शुल्क भारु ९०० राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण