पुस ५ गते टुर दि पोखरा आयोजना हुने
पोखरा । यो वर्ष टुर दि पोखरा पुस ५ गते आयोजना हुने भएको छ । साइकल सिटी पोखराले आयोजना गर्दै आएको टुर दि पोखराको आठौँ संस्करणमा केही फरक गर्न लागिएको छ । स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल यात्रा भन्ने मूल नाराका साथ सो कार्यक्रम बर्सेनि आयोजना हुँदै आएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए । साइकल यात्रामार्फत पोखरा र वरपरका पर्यटकीय गन्तव्यहरूको पहिचानसहित प्रबद्र्धनका लागि योगदान गर्दै आएको छ ।
कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी साइकल यात्रीहरूलाई हरित क्रान्तिको सन्देश प्रवाह गराइने सचिव रामचन्द्र भट्टले जानकारी दिए । यस वर्ष टुर दि पोखरामा ४ वर्ष उमेर समूहदेखि ६५ वर्षसम्मका सहभागी रहने उनले बताए ।
नेपालभरका ३२ जिल्लाका साइकल यात्रीहरू तथा भारतलगायत अन्य केही देशबाट समेत गरी करिब ६ सय ५० जना साइकल यात्री सहभागी आयोजकले जनाएको छ । केही साइक्लिष्टहरु रजिस्ट्रेसन नगरी सहभागी हुने भएकोले १ हजारको सहभागिता रहने अनुमान छ ।
यो वर्षको साइकल यात्रा करिब ५१ किलोमिटर दूरीको हुनेछ । साइकल यात्रा पोखराका मुख्य सहरी क्षेत्र हुँदै पर्यटकीय मार्गहरू समेटेर सञ्चालन गरिनेछ । यसवर्ष भुर्जुङखोलासम्म यात्रा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
-
सर्वोच्च अदालतले इजलासको ‘लाइभ स्ट्रिमिङ’का लागि कार्यविधि बनाउँदै
-
विश्वकपको नकआउट समीकरण : अघिल्लो चरणमा पुग्न कसलाई कस्तो नतिजा आवश्यक छ?
-
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
-
नेपाली सेनासँग सशङ्कित, ‘सुपर पावर’ ले चलाएको सङ्केत
-
राजेन्द्र राईले भने, ‘नेतृत्वले भुइँतहको वास्तविकता सही रूपमा बुझ्न सक्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण