सहकारी ठगी प्रकरण : रवि र छविको मुद्दामा बहस सकियो
सारांश
- बुटवल उच्च अदालतमा रवि लामिछाने र छविलाल जोशीको मुद्दामा बहस सकिएको छ।
- दुवै पक्षका कानुन व्यवसायीहरूले बहस सकेको जानकारी दिएका छन्।
- सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेले बिगो रकम बुझाउँदा पनि रिहा गर्न अस्वीकार गरिएको थियो।
बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सकिएको छ ।
उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुँवरका अनुसार बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासमा बिहीबार बहस सकिएको हो ।
दुवै पक्षका कानुन व्यावसायीहरुले बहस सुन्ने काम सकिएको उनले रातोपाटीलाई बताए ।
यसअघि मङ्सिर २५ गते तोकिएको पेशी ‘हेर्न नमिल्ने’ मा परेर स्थगित भएको थियो । त्यसअघि मङ्सिर ११ गते तोकिएको पेशी लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।
जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देखिरहेको छु : भीष्मराज आङ्देम्बे
-
‘औषधिको गुणस्तरमा भिन्नता छैन’
-
भारतबाट ५० हजार मेट्रिक टन मल आउने निश्चित, खरिद प्रक्रिया अन्तिम चरणमा
-
बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
-
हङकङ अपार्टमेन्ट आगलागी प्रकरण : दुई कम्पनी र सात जनाविरुद्ध मुद्दा
-
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण