क्लबले मेरो विकल्प सोच्नुपर्छ : पेप ग्वार्डिओला
सारांश
- म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो बहिर्गमनबारे क्लब तयार रहनुपर्ने बताए।
- ग्वार्डिओलाले आफू अहिले नै क्लब छाड्ने मुडमा नरहेको र सन् २०२७ सम्म सम्झौता नवीकरण गरिसकेको बताए।
- चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई उत्तराधिकारीका रूपमा हेरिए पनि ग्वार्डिओलाले आफू खुसी रहेको बताए।
म्यानचेस्टर । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो बहिर्गमन र भावी उत्तराधिकारीका बारेमा क्लब तयार रहनुपर्ने बताएका छन्। सिटीले ग्वार्डिओलाको सम्भावित बिदाइलाई ध्यानमा राख्दै नयाँ प्रशिक्षकको खोजी प्रक्रिया सुरु गरेको चर्चाका बिच उनले यस्तो धारणा राखेका हुन्।
यद्यपि, आफू अहिले नै क्लब छाड्ने मुडमा नरहेको र सिटीमै रहेर अझै धेरै सफलता हात पार्न भोको रहेको उनले प्रस्ट पारेका छन्। ग्वार्डिओलाले सन् २०२७ सम्मका लागि सम्झौता नवीकरण गरिसकेका छन् तर फुटबलमा नतिजाले नै भविष्य तय गर्ने उनको बुझाइ छ।
पछिल्लो समय चेल्सीका प्रशिक्षक एन्जो मारेस्कालाई ग्वार्डिओलाको उत्तराधिकारीका रूपमा हेरिए पनि मारेस्काले ती खबरहरूलाई केवल अनुमान मात्र भएको बताएका छन्। ग्वार्डिओलाले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै आफू सिटीमा खुसी रहेको र खेलाडीहरूसँग अझै लामो समय सहकार्य गर्न चाहेको उल्लेख गरे।
गत सिजन टोलीले कुनै ठुलो उपाधि जित्न नसके पनि यो सिजन टोलीको प्रदर्शनमा सुधार आएको र प्रिमियर लिगको उपाधि होडमा बलियो उपस्थिति जनाएकोमा उनी उत्साहित देखिएका छन्।
सन् २०१६ मा सिटी आएपछि १५ वटा ठुला उपाधि जिताइसकेका ग्वार्डिओलाले जबसम्म आफूले खेलाडीहरूबाट उत्कृष्ट प्रदर्शन निकाल्न सक्छु भन्ने महसुस गर्छन्, तबसम्म क्लब नछाड्ने सङ्केत दिएका छन्। च्याम्पियन्स लिग, प्रिमियर लिग र काराबाओ कपमा टोलीको अहिलेको स्थितिले आफूलाई अझै मेहनत गर्न प्रेरित गरिरहेको उनले बताए।
आफू यहाँ सधैँभरि नरहे पनि अहिले नै बिदा हुने योजना नरहेको भन्दै उनले आफ्नो भविष्यबारे भइरहेका विभिन्न बहसलाई पूर्णविराम लगाउन खोजेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण