खुला मञ्च खुला गरियोस् : प्रचण्ड
सारांश
- प्रचण्डले सरकार र महानगरपालिकासँग खुला मञ्च खुला गर्न माग गरेका छन्।
- उनले एक लाख मानिस अट्ने मैदान नहुनु नेपालका लागि लज्जाको विषय भएको बताए।
- प्रचण्डले वामपन्थी कम्युनिस्टहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँको खुला मञ्चलाई तत्काल खुला गर्न सरकार र महानगरपालिकासँग जोडदार माग गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले एक लाख मानिस अट्ने मैदान देशमा नहुनु नेपाल राष्ट्रकै लागि लज्जाको विषय भएको बताए । उनले राजनीतिक दलले एक लाख मानिस उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक भएको उल्लेख गरे ।
उनले भने, ‘सबैभन्दा पहिला त म नेपाल सरकार र महानगरपालिकालाई यो खुला मञ्च खुला गर्नका लागि आग्रह गर्न चाहन्छु, जोडदार ढङ्गले सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईंहरूलाई आग्रह गर्दछु । किनकि, यो नेपाल राष्ट्रकै निम्ति अपमानको विषय हो । एउटा एक लाख मानिस जम्मा भएर बस्ने चौर हामीकहाँ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ । महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधि र सरकारलाई सबैभन्दा पहिला जोडदार माग गर्न चाहन्छु ।’
उनको भनाइअनुसार काठमाडौँ उपत्यकाका अन्य स्थानहरू राजनीतिक दलहरूलाई कार्यक्रम गर्नका लागि सानो भएका छन् । सम्बोधनका क्रममा संयोजक दाहालले सबै वामपन्थी कम्युनिस्टहरू एकताबद्ध हुनुपर्नेमा समेत जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
-
परराष्ट्रमन्त्री खनाल र रूसी महासङ्घका राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण