केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा, रविलाई ३ बजे स्वागत गरिने
सारांश
- रास्वपाले केन्द्रीय समिति बैठक बोलाउन आन्तरिक छलफल सुरु गरेको छ।
- रवि लामिछाने धरौटीमा रिहा भएपछि पार्टीले बैठक बोलाउने तयारी गरेको हो।
- कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठकबारे महामन्त्रीसँग कुराकानी भइरहेको बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा आन्तरिक छलफलमा जुटेको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार धरौटीमा रिहा भएपछि पार्टी बैठक बोलाउने सम्बन्धमा आन्तरिक गृहकार्यमा जुटेको हो ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भएपछि लामिछाने हिजो चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरेर काठमाडौँ फर्किसकेका छन् ।
लामिछानेलाई पार्टीले दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा स्वागत कार्यक्रम राखेको छ । तर केन्द्रीय समिति बैठक बोलाउने वा नबोलाउने भन्ने सम्बन्धमा निर्णय नभइसकेको छ कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
‘केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा महामन्त्रीसँग कुराकानी भइरहेको छ । निर्णय भएमा जानकारी गराउँछौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण