हेटौँडा सडक विस्तारविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा
सारांश
- हेटौँडा सडक विस्तारविरुद्धको रिट आज हेर्न नभ्याइनेमा परेको छ।
- सर्वोच्च अदालतमा दायर रिटमा डिभिजन सडक कार्यालय लगायतका निकाय विपक्षी छन्।
- मुद्दाको पेसी पटक-पटक तोकिए पनि हेर्न नमिल्ने सूचीमा पर्दै आएको छ।
हेटौँडा । हेटौँडा सडक विस्तारविरुद्धको रिट आज हेर्न नभ्याइनेमा परेको छ । आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो ।
राजमार्ग क्षेत्रको २५/२५ मिटर सडक कायम गर्नेगरी सडक विस्तार विरुद्ध विन्दवासिनी कंसाकारसहित ६ जनाले मंसिर १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको उक्त रिटमा मंसिर १९ मा न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । साथै, अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको थियो ।
त्यस्तै मंसिर २६ मा तोकिएको पेसीमा न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश जारी गर्दै सो संग सम्बन्धित मुद्दाको मिसिल झिकाउने र छलफल गर्ने गरी पुस २ मा पेसी तोकेको थियो । पुस २ मा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको इजलासमा उक्त मुद्दाको पेसी तोकीए पनि हेर्न नमिल्ने सूचीमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान प्रतिवेदन माग्दै पूर्वमन्त्री गुरुङले आयोगमा दिए निवेदन
-
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण