तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड
जुम्ला । तातोपानी गाउँपालिकामा हालसम्म रु सात करोड २४ लाख ९० हजार खर्च भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ५३ करोड ५९ लाख ८२ हजारको बजेट विनियोजन भएकामा अहिलेसम्म करिब रु सात करोड २५ लाख मात्र खर्च भएको पालिकाले जनाएको छ ।
सो गाउँपलिकाको १७औँ हिउँदे अधिवेशनका अवसरमा अध्यक्ष नन्दप्रसाद चौलागाईंले प्रक्रियागत झन्झटका कारण पुँजीगततर्फ जम्मा रु पाँच लाख मात्र खर्च भएको जानकारी दिँदै प्रस्तावित योजना तथा कार्यक्रम सञ्चालन भइरहेकाले विकास खर्चतर्फ उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरे ।
हिउँदे गाउँसभाले कार्यालयको कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न पाँच वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड पारित गरेको जानकारी दिँदै अब आवश्यक व्यवस्थासहित बेरुजु फछ्र्यौटलाई आफूले प्राथमिकतामा राखेको बताए ।
गाउँसभाले कानुनी सल्लाहकार, कर्मचारी प्रोत्साहन कोष सञ्चालन, सहुलियत कृषि ऋण लगानी तथा असुली, अपाङ्गता र आकस्मिक प्रसूतिसम्बन्धी कार्यविधि, २०८२ समेत गरी पाँच वटा कार्यविधि पारित गरेको अध्यक्ष चौलागाईंले जानकारी दिए ।
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतका अनुसार सार्वजनिक लेखासमितिको प्रगति प्रतिवदेन, २०८२ पारित भएको र चालु आवमा कार्यान्वयन हुनेगरी विनियोजन भएका तर अहिले संशोधन गर्न आवश्यक रहेका २८ वटा योजना तथा कार्यक्रम संशोधन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण