बोक्सी भन्दै महिलालाई यातना दिएको आरोपमा ४ जना पक्राउ
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक महिलालाई बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार र यातना दिएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका—१२ बस्ने २१ वर्षीया बन्दना बोहरा, २० वर्षीया रिता बुढा, २१ वर्षीय जय बहादुर रोकाया र १८ वर्षीया अनिता बोहरा रहेका छन् । उनीहरू सबैको स्थायी घर जुम्ला जिल्लाको तिला गाउँपालिका—२ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो ४ बजेतिर उनीहरू वीरेन्द्रनगर–१२ स्थित प्रेमकला रोकायाको डेरा कोठामा छिरेका थिए । त्यहाँ उनीहरूले प्रेमकलालाई ‘तँ बोक्सी होस्’ भन्दै गालीगलौज गरेका थिए ।
‘उनीहरू आफैँ धामी–झाँक्री बनेर काम्दै प्रेमकलाको शरीरमा चामलले हिर्काउने र तातो पन्यूले शरीरका विभिन्न भागमा डाम्ने जस्ता कार्य गरेका थिए,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपक मगराठीले भने, ‘त्यति मात्र नभई, उनीहरूले भुइँमा छरिएका चामल बटुलेर पकाएर खानु भन्दै दबाबसमेत दिएका थिए ।’
आफूमाथि अन्याय र हिंसा भएपछि प्रेमकलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको हो । मगराठीका अनुसार पक्राउ परेकाहरूमाथि आइतबार जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी बोक्सीको आरोप सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण