कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु
सारांश
- कर्णालीको मौलिक पर्वलाई जोगाउन जुम्लामा ठूली भैली सुरु गरिएको छ।
- स्थानीयका अनुसार भैली खेल्ने चलन हराउँदै गएपछि यसलाई निरन्तरता दिन थालिएको हो।
- यो पर्व जुम्ला लगायत कर्णालीका पाँचै जिल्लामा पुस महिनामा मनाइन्छ।
जुम्ला। कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ ।
पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले परम्परा बचाउनकै लागि भैली खेल्न सुरु गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी शेरबहादुर रावतले जानकारी दिए । पुस महिनाको प्रतिपदाका दिनदेखि खेलिने ठुली भैली जुम्लासहित कर्णालीका पाँचै जिल्लामा खेलिन्छ । पहिले मन मिल्ने बुढापाका, बालबालिका, युवायुवतीका समूह बनाएर चार पाँच दिन खेलिने सो भैलीको महत्त्व बिस्तारै घट्न थालेको तिला गाउँपालिका स्थानीयवासी हरिचन्द्र बुढाको भनाइ छ ।
कर्णालीको मौलिक पर्वलाई थप संरक्षण गर्न गाउँका बुढापाखा मिलेर अहिले ठुली भैली खेल्न थालेका छन् । भैलीमा सबै साथीसङ्गी मिली नयाँ पहिरनमा सजिएर आफन्तजनका घरघरमा गएर भैलो खेल्ने चलन रहेको तिला–१ का स्थानीयवासी कर्ण रावतले बताए ।
१२३ औँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि सुरु भएको हिउँदे याममा खेलिने ठुली भैली खेल्ने चलन हराउँदै जान थालेकामा बुढापाका चिन्तित छन् । दशक अघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानीयस्तरको महत्वपूर्ण पर्वका रूपमा मानिन्थ्यो ।
खास गरी कर्णालीमा पुस महिनामा फुर्सद हुने, सबैले सबै काम सकाएर बसिरहेको बेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठुली भैलो खेल्ने चलन रही आएको छ । औँसीदेखि पञ्चमीसम्म ५ दिन खेलिने भएकाले यसलाई ठुली भैलो भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण