जुम्लामा ठूली भैली सुरु
सोमबार, ०७ पुस २०८२, १३ : १४
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली खेल्न सुरु गरिएको छ । पछिल्ला वर्षमा भैली खेल्ने चलन हराउँदै गएको उल्लेख गर्दै स्थानीयले परम्परालाई निरन्तरता दिन भैली खेल्न सुरु गरेको तिला गाउँपालिका–१ का स्थानीय शेरबहादुर रावतले जानकारी दिए ।
पुसको प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँच वटा जिल्लामा खेलिनेछ । पहिले मन मिल्ने बूढापाका, बालबालिका, युवकयुवतीका समूह बनाएर चार पाँच दिन खेलिने सो भैली खेल्ने चलन अहिले विस्तारै कम हुन थालेको स्थानीय हरिचन्द्र बुढाको भनाइ छ ।
भैलीमा साथीहरु मिलेर नयाँ पहिरनमा सजिएर आफन्तजनका घरमा गएर भैलो खेल्ने चलन रहेको तिला– १ का स्थानीय कर्ण रावतले बताए । बाह्रौँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि सुरु भएको यो भैली हिउँदे याममा खेलिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण