क्रिकेटर हेमन्त धामी बिज एजुकेशनका ब्रान्ड एम्बेसडर नियुक्त
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी हेमन्त धामीलाई बिज एजुकेशनले ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध गरेको छ ।
सोमबार एक कार्यक्रमकाबिच बिज एजुकेसनका हरि कार्की र क्रिकेटर हेमन्त धामीले संयुक्त रूपमा हस्ताक्षर गरे ।
सम्झौता तीन वर्षका लागि गरिएको र प्रत्येक वर्ष आपसी सहमतिमा पुनः सम्झौता गरिने बिज एजुकेसनले जनाएको छ।
ब्रान्ड एम्बेसडर नियुक्त भएसँगै क्रिकेटर हेमन्त धामीले बिज एजुकेशनप्रति आभार व्यक्त गर्दै शिक्षा मात्र होइन, खेलकुद र युवाको समग्र भविष्यमा लगानी गरिरहेको संस्थासँग आबद्ध हुन पाउँदा आफूलाई गर्व लागेको बताए ।
‘बिज एजुकेशनसँग जोडिन पाउँदा धेरै खुसी छु । यसले गर्दा खेलाडीलाई खेल क्षेत्रमा लागि रहन धेरै सहयोग पुग्छ,’ धामीले भने ।
कार्यक्रममा बोल्दै बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले नेपालमा क्रिकेटको उल्लेखनीय विकास भएको बताउँदै खेलाडीहरूको प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
-
रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण