महाधिवेशन र निर्वाचनमा ढिलाइ नगरौँ : महर
सारांश
- कांग्रेस नेता नैनसिंह महरले महाधिवेशन र निर्वाचन समयमै हुनुपर्ने बताएका छन्।
- उनले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि आवधिक निर्वाचन आवश्यक रहेको बताए।
- महरले महाधिवेशन र निर्वाचनलाई पछाडि धकेल्ने गतिविधि कांग्रेस र राष्ट्रकै हितविपरीत हुने चेतावनी दिए।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको महाधिवेशन र मुलुकको आम निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन्। काठमाडौँको नयाँ बानेश्वरमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको जिकिर गरेका हुन्।
लोकतान्त्रिक व्यवस्थामा निर्वाचन भनेको जनताको अभिमत नवीकरण गर्ने महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले पार्टीभित्रको आन्तरिक जीवनलाई चलायमान बनाउन र नेतृत्वमा नयाँ ऊर्जा भर्न महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिए।
१५औँ महाधिवेशनका लागि महामन्त्रीका दाबेदार समेत रहेका नेता महरले महाधिवेशन र निर्वाचनलाई कुनै पनि बहानामा पर धकेल्ने वा बिथोल्ने गतिविधि भए त्यो कांग्रेस, संविधान र समग्र राष्ट्रकै हितविपरीत हुने चेतावनी दिएका छन्। संविधानले कोरेको बाटोभन्दा बाहिर जाने छुट कसैलाई नभएको भन्दै उनले समयमै दुवै प्रक्रिया सुनिश्चित गर्नु नै अहिलेको मुख्य दायित्व भएको बताए।
महाधिवेशनमा हुने विलम्बले पार्टीलाई कमजोर बनाउने र निर्वाचन सार्ने खेलले लोकतन्त्रलाई नै सङ्कटमा पार्ने भएकाले सबै पक्ष यसप्रति गम्भीर हुनुपर्ने उनको तर्क छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण