राजनीतिक दलहरु निर्वाचनमा लागेको देख्दा उत्साहित भएका छौँ : सञ्चारमन्त्री खरेल
काठमाडाैँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको लागि उचित वातावरण बनिसकेको दाबी गरेका छन् । बुधबार जनमत पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खरेलले साे कुरा बताएका हुन् ।
उनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उचित वातावरण बनिसकेको जिकिर समेत गरे । उनले सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको र आवश्यक तयारी गरिरहेको पाएको पनि बताए । मन्त्री खरेलका अनुसार जनमत पार्टी पनि निर्वाचनका लागि तयारी अवस्थामा छ । निर्वाचनका लागि सबै राजनीतिक दलहरु लागेको देख्दा सरकार उत्साहित भएको जिकिर गरे ।
उनले भने- ‘चुनावको वातावरण तयार गर्न सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै आएर छलफल गरेका हौँ । जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा छ । फागुन २१ मा सरकारले चुनाव गर्दैछ । हामी जति राजनीतिक दलहरुको पार्टी कार्यालयमा गएका छौँ, उहाँहरुले चुनावको लागि वातावरण बनिसकेको र चुनावको लागि तयार भएको सन्देश पाएका छौँ । हामी सबै चुनावमा होमिनुपर्छ भनेर सरकार उत्साहित भएर अघि बढेको छ ।’
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलहरुको कार्यालयमा धाइरहेका छन् । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: स्मार्टफोनबाट पूर्व सूचना आएको प्रयोगकर्ताको दाबी
-
जीप दुर्घटनामा ८ जना घाइते
-
सडक स्तरोन्नति गर्न सहमति
-
शून्यतासँगको साक्षात्कार: भोटेकोसी बन्जीको अविस्मरणीय अनुभव
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण