शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि

शनिबार, १३ असार २०८३, ०१ : ४६
शनिबार, १३ असार २०८३

सारांश

  • विश्वकप समूह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वेविरुद्ध पहिलो हाफमै ३–१ को सहज अग्रता बनाएको छ ।
  • फ्रान्सेली विंगर ओस्मान डेम्बेलेले खेलको ३२ मिनेटभित्रै सानदार ह्याट्रिक पूरा गरे ।
  • नर्वेका लागि थेलो आसगार्डले एक गोल फर्काए ।

काठमाडौँ । विश्वकप समूह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वेविरुद्ध पहिलो हाफमै ३–१ को सहज अग्रता बनाएको छ । अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको यस खेलमा फ्रान्सेली विंगर ओस्मान डेम्बेले पूर्ण रूपमा हाबी देखिएका छन् ।

खेलको सुरुदेखि नै आक्रामक देखिएका डेम्बेलेले ३२ मिनेटभित्रै सानदार ह्याट्रिक पूरा गरे । उनले खेलको ७ औँ र २०औँ मिनेटमा केलियन एम्बाप्पेको पासमा गोल गरेका थिए भने ३२औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यसबिचमा नर्वेका लागि २१औँ मिनेटमा थेलो आसगार्डले एक गोल फर्काएका थिए। आसगार्डको गोलले नर्वेलाई खेलमा फर्काउने आशा जगाए पनि डेम्बेलेको तेस्रो गोलले पुनः फ्रान्सलाई दुई गोलको अग्रता दिलायो। यो ह्याट्रिकसँगै डेम्बेले ४ गोल सहित गोल्डेन बुटको दौडमा तेस्रो स्थानमा उक्लिएका छन् ।

नर्वेले यसअघि नै ‘राउन्ड अफ ३२’ मा स्थान सुरक्षित गरिसकेकाले प्रशिक्षक स्टेले सोल्बाकेनले आफ्ना मुख्य स्ट्राइकर एर्लिंग हालान्डलाई सुरुआती ११ मा नराखी बेन्चमा आराम दिएका छन् । नर्वेले अघिल्लो खेलको तुलनामा टोलीमा १० जना खेलाडी परिवर्तन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप