सिन्धुली–२ मा नेकपाको जिल्ला परामर्श बैठक, प्रचण्डको पनि चर्चा
सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सिन्धुली–२ जिल्ला परामर्श बैठक बसेको छ ।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित हरिबोल गजुरेल, महेश्वर दाहाल, वसन्त माझी, प्रकाश श्रेष्ठ, पानीराज बम्जन, राजन दाहाललगायत नेताहरूको उम्मेदवारीबारे छलफल भएको जिल्ला सचिव विनोद विकले जानकारी दिए ।
सचिव विकका अनुसार भोलि क्षेत्र नम्बर १ को परामर्श कार्यक्रम सम्पन्न भएपछि जिल्ला कार्यदलको बैठक बसेर अन्तिम नामावली केन्द्रमा पठाइनेछ । परामर्श कार्यक्रममा संगठन सुदृढीकरण, आगामी निर्वाचनमा कसरी जाने र उम्मेदवार सिफारिस प्रक्रियाबारे छलफल भएको जनाइएको छ ।
यसैबिच सिन्धुलीमा पार्टी संयोजक प्रचण्ड वा अन्य कुनै एक–दुई व्यक्तिको नाम मात्र सिफारिस गरिएको भन्ने समाचारहरू सत्य नभएको सचिव विकले स्पष्ट पारे । उनका अनुसार परामर्श प्रक्रिया अझै जारी रहेकाले अन्तिम निर्णय भइसकेको छैन ।
पार्टीले आन्तरिक लोकतान्त्रिक अभ्यासअनुसार सबै तहको ओैपचारिक, अनौपचारिक परामर्शपछि मात्र निष्कर्षमा पुग्ने सचिव विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सडकको दुरावस्था र लापरबाहीमा सरकारी निकायलाई पनि मुद्दा लगाउन सकिने व्यवस्था पहिल्यैदेखि छ’
-
रातोपाटीकर्मी गिरी ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२’ बाट सम्मानित
-
धमाधम जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन माग्दै नेताहरू
-
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण