साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको छ : प्रचण्ड
सारांश
- प्रचण्डले साम्राज्यवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता बढेको बताए।
- माओको विचार र उनले गरेको संघर्ष आज पनि उत्तिकै सान्दर्भिक रहेको प्रचण्डको भनाइ छ।
- प्रचण्डले माओ दिवस मनाउनुको वास्तविक अर्थ विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढता हुनुपर्ने बताए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको उल्लेख गरेका छन् ।
माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्– 'आज विश्व साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको छ, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढिरहेको छ र जनताको जीवन दिनानुदिन संकटग्रस्त बन्दै गएको छ। यही परिस्थितिमा अध्यक्ष माओका विचार, उहाँले गर्नुभएको सङ्घर्ष, सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण र जनताको स्वामित्वमा आधारित लोकतन्त्रको अवधारणा आज पनि उत्तिकै सान्दर्भिक छन्।'
प्रचण्डले थप भनेका छन्– 'माओले देखाउनुभएको बाटो केवल इतिहासको विषय होइन, बरु राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, उत्पीडित वर्गलाई मुक्त गर्ने, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने आजको व्यावहारिक मार्गदर्शन समेत हो।'
सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा भएको पनि उनले उल्लेख गरेका छन् । 'यस प्रक्रियाले हाम्रो वैचारिक स्पष्टता, सङ्गठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ। यस परिस्थितिमा मार्क्सदेखि लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका सबै योगदानलाई संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अगाडि बढ्नु कम्युनिस्ट क्रान्तिकारीहरूको कार्यभार बनेको छ', प्रचण्डले भनेका छन् ।
उनले भनेका छन्– 'माओलाई स्मरण गर्दा एउटा बिर्सिनै नहुने सत्य के हो भने अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिहरू विरुद्ध निर्मम वैचारिक र राजनीतिक सङ्घर्ष बिना समाजवादी क्रान्ति सफल हुन सक्दैन। विचारमा स्पष्टता, व्यवहारमा एकता र सङ्घर्षमा दृढता नै माओ दिवस मनाउनुको वास्तविक र सार्थक अर्थ पनि हो।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण