मनमोहन प्राविधिक विश्वविद्यालयमा केटी जिस्क्याएको निहुँमा तनाव
सारांश
- मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीहरूबीचको विवादले उग्र रूप लियो।
- प्रशासनले ४ जना विद्यार्थीलाई निष्कासन गरेपछि विद्यार्थीहरूले टायर बालेर प्रदर्शन गरे।
- अहिले स्थिति सामान्य बनाउन प्रयास भइरहेको छ र थप छलफलपछि निलम्बनको बारेमा निर्णय हुनेछ।
विराटनगर । मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीहरूबिच भएको विवादले उग्र रूप लिएको छ। करिब ४–५ दिन अघि पोलिटेक्निकका छात्राहरूलाई केही छात्रहरूले जिस्क्याएपछि सुरु भएको विवाद अहिले प्रशासन र विद्यार्थीबिचको द्वन्द्वमा परिणत भएको हो ।
विश्वविद्यालयले केटी जिस्काएको भन्दै अभिभावकसँगको छलफल पछि ४ जना विद्यार्थीलाई निष्कासन गरेको थियो । प्रशासनले ती ४ विद्यार्थीहरूलाई १५ दिनका लागि कलेज आउन नपाउने गरी निलम्बन गरेको विश्वविद्यालय स्रोतले जनाएको छ ।
निलम्बनमा परेकामध्ये केही विद्यार्थी र उनीहरूका अभिभावकले आफूहरू निर्दोष रहेको दाबी गरेका छन् । एक विद्यार्थीले आफू संलग्न नभएको बताए पनि अन्यले भने उनको पनि संलग्नता रहेको दाबी गरेका छन् । यसै विषयलाई लिएर विद्यार्थीहरू आक्रोशित बनेका हुन् । उनीहरुले विश्वविद्यालयको मुख्य गेट बाहिर टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण केही समय स्थिति तनावपूर्ण बनेको थियो। यद्यपि, कलेज परिसर भित्र भने ठुलो भौतिक क्षति नभएको बताइएको छ । विश्वविद्यालय प्रशासनले अहिले एक सूचना जारी गर्दै अभिभावकहरूसँग पुनः छलफलका लागि बोलाउने तयारी गरेको छ ।
विद्यार्थीहरू साँच्चै दोषी हुन् वा होइनन् भन्नेबारे थप बुझ्न र समस्याको समाधान निकाल्न प्रशासनले वार्ताको बाटो रोजेको छ । अहिले स्थिति सामान्य बनाउने प्रयास भइरहेको र थप छलफल पछि मात्र निलम्बनको बारेमा अन्तिम निर्णय हुने विश्वविद्यालयले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले पनि विश्वविद्यालयमा देखिएको तनाव साम्य बनाउनका लागि प्रहरी परिचालन गरिएको र आवश्यक समन्वय भइरहेको बताइन् ।
‘चार जना विद्यार्थी निष्कासन गरेको विषयमा तनाव भएको रहेछ । विद्यार्थीले टायर बालेर प्रदर्शन गरेका कारण हामीले प्रहरी पठाएका छौँ,’ उनले भनिन्, ‘स्थिति सामान्य बनाउने कसरत भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयको बोर्डबाटै 'यातायात' शब्द गायब गरियो : अध्यक्ष सिटौला
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण