बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ
शुक्रबार, ११ पुस २०८२, १४ : ०८
सारांश
- प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका नेत्रप्रसाद ढकाललाई भक्तपुरबाट पक्राउ गरेको छ।
- उनी सूर्यविनायक नगरपालिका-९ स्थित भात्ते ढिकुरबाट पक्राउ परेका हुन्।
- ढकालविरुद्ध रामबहादुर राई र छत्रमान राईले जाहेरी दिएका थिए र प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । बैकिङ कसुर मुद्दामा संलग्न रहेर फरार भएका एक जना प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रप्रसाद ढकाल छन् ।
उनलाई शुक्रबार सूर्यविनायक नगरपालिका–९ स्थित भात्ते ढिकुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
प्रतिवादी ढकालविरुद्ध रामबहादुर राई र छत्रमान राईले जाहेरी दिएका थिए । पक्राउ परेका आरोपीलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण