भिजिट भिसा प्रकरणमा तानिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
काठमाडौँ । भिजिट भिसा दुरुपयोग आरोपमा अनुसन्धानमा तानिए का उपसचिव बद्रीप्रसाद तिवारीको जिल्ला समन्वय समिति पर्वतमा सरुवा भएको छ।
गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा रहेका उपसचिव तिवारीको शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो उनलाई केही समय अगाडि गृहमन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फिर्ता बोलाएको थियो ।
त्यसपछि मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएका तिवारीको आज प्रशासन मन्त्रालयले सरुवा गरेको हो ।
तिवारीमाथि भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । तिवारी निवर्तमान गृहमन्त्री रमेश लेखकको निजी सचिव थिए ।
तत्कालीन गृहमन्त्री लेखकको निजी सचिव रहेकै बेलामा भिजिट भिसा प्रकरण सतहमा आएपछि तिवारी म्याग्दीको सिडिओ भएर गएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर २५ गते विशेष अदालतमा दायर गरेको भिजिट भिसा सेटिङसम्बन्धी आरोपपत्रमा तिवारीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।
त्यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण