सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री कार्यालयमा प्रदेश सचिवका रुपमा खटाइने
सारांश
- कोशी प्रदेश सरकारले सहसचिव नारायणप्रसाद रिसाललाई प्रदेश सचिवमा खटाउने निर्णय गर्यो ।
- बैठकले उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गर्यो ।
- जनता आवास कार्यक्रमबारे विधायन समितिमा छलफल गर्ने निर्णय भयो ।
मोरङ । कोशी प्रदेश सरकारले सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवका रूपमा कामकाजमा खटाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा शुक्रबार बसेको बैठकले रिसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवका रूपमा कामकाजमा खटाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ लाई स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
बैठकले कोशी जनता आवास कार्यक्रम कार्यविधिलाई प्रदेश सरकार प्रदेश मामिला तथा विधायन समितिमा छलफल गरी अर्को मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने निर्णय गरेको छ भने सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि, २०८२ लाई स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता मन्त्री भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण