प्रमुख तीन दलका शीर्ष नेतासँग प्रधानन्त्रीको छलफल
सारांश
- प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताहरूले निर्वाचनबारे छलफल गरे।
- छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरू सहभागी थिए।
- दलहरूले शान्ति सुरक्षा लगायतका विषयमा प्रश्न उठाउँदै फागुन २१ गते हुने निर्वाचनको तयारीबारे छलफल गरेका हुन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच आज निर्वाचनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुगपकमल दाहाल प्रचण्डले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गरेका हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले आज तीन दलका शीर्ष नेतासँग छलफल गरेकी हुन् ।
शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।
सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण