बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

उज्यालो नेपाल पार्टी एकताको पक्षमा, अध्यक्षलाई वार्ताको जिम्मा

शनिबार, १२ पुस २०८२, १८ : ०१
शनिबार, १२ पुस २०८२

सारांश

  • उज्यालो नेपाल पार्टीले सबैको सहअस्तित्वका लागि एकताको पक्षमा रहेको जनाएको छ।
  • पार्टीले सहकार्यका लागि वैकल्पिक तथा अग्रगामी राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको छ।
  • कुलमान घिसिङले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने बताए।

काठमाडौँ । उज्यालो नेपाल पार्टीले सबैको सहअस्तित्व स्थापित हुने गरी एकताको पक्षमा रहेको जनाएको छ । शनिबार दिउँसो बसेको बैठकबाट पार्टीले आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको छ ।

पार्टी बैठकले एकताको संवाद गर्नका लागि पार्टीका अध्यक्षलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ । यसैबिच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन् । घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका हुन् । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत वैकल्पिक शक्तिहरू एकजुट हुने विषयले चर्चा पाइरहेका बेला आज दिउँसो मेयर बालेनसँग हुने भनिएको छलफल स्थगित भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप