शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बालेनसँगको सहमतिपछि काठमाडौँको भावी मेयरमा रविका दाजुको दाबी !

आइतबार, १३ पुस २०८२, ०७ : २८
आइतबार, १३ पुस २०८२

सारांश

  • रास्वपा र काठमाडौँ महानगरबीचको सहमतिपछि रवि लामिछानेका दाजु हरिशरणले खुसी व्यक्त गरे।
  • उनले काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने सम्भावना रहेको बताए।
  • हरिशरणले दुई भाइको सम्झौताप्रति सम्मान व्यक्त गर्दै मेयर पदको दाबी प्रस्तुत गरे।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच सात बुँदे सहमति भएकाेमा रवि लामिछानेका दाजु हरिशरण लामिछानेले खुसी व्यक्त गरेका छन् ।

साथै उनले काठमाडौँ महानगरपालिकाको भावी मेयरमा आफ्नो दाबी रहने सङ्केत गरेका छन् । उनले काठमाडौँ महानगरमा आफ्नो स्वतन्त्र उम्मेदवारी रहने सम्भावना रहेको उल्लेख गरेका हुन् । 

उनले लेखेका छन्– 'दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो 'स्वतन्त्र उम्मेदवारी' रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप