नयाँ दलहरू मिल्दैछन्, पुराना पनि गठबन्धन गर्न सक्छन् : सञ्चारमन्त्री
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताएका छन् ।
नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आइतबार आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले राजनीतिक दल निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै देशलाई स्थायित्व दिन समयमै निर्वाचन हुनु अपरिहार्य भएको बताए ।
“यतिबेला मुलुक परिवर्तनको मोडमा छ, मुलुकलाई नयाँ ऊर्जाका साथ समुन्नतिको दिशामा अगाडि बढाउनुपर्छ, जेनजीको भावनाअनुरूप मुलुक र समाज परिवर्तन गर्नु अहिलेको आवश्यकता हो”, उनले भने । उनले दलका नेताको दासका रूपमा नभई विचारका आधारमा नेतृत्व छान्न पनि आग्रह गरे ।
“नयाँ राजनीतिक दलहरू मिल्दै छन्, पुराना दलहरू पनि अब गठबन्धन गर्न सक्छन्, यसले मुलुकमा निर्वाचनको वातावरण बनेको छ, म यहाँबाट चुनावका सन्दर्भमा द्विविधा नराख्न आग्रह गर्दछु, मुलुक चुनावका लागि अगाडि बढिसकेको छ”, उनले भने ।
त्यस अवसरमा मन्त्री खरेलले टेलिकम क्षेत्रमा नीतिगत सुधार जरुरी रहेको बताए । संस्थाको सर्वोपरि हितलाई ध्यानमा राख्दै टेलिकमलाई अझ व्यावसायिक, प्रतिस्पर्धी र युग सुहाउँदो बनाउनुपर्नेमा उनले जोड दिए ।
कर्मचारीको वृत्ति विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले टेलिकमको गरिमा उँचो बनाउने गरी काम गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण