अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय कार्यान्वयन गर्न कांग्रेसको परिपत्र
सारांश
- नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका नेता तथा कार्यकर्तामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।
- केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय आइतबार सबै निकायलाई परिपत्र गर्दै कार्यान्वयन गर्न निर्देशन दिएको छ।
- कारबाही माफी पाएका व्यक्तिहरूको पार्टीमा पहिले बहाल रहेको पद तत्काल फिर्ता नहुने तर, 'क्रियाशील सदस्यता' नवीकरण गर्न पाउने उल्लेख छ।
काठमाडौं । नेपाली कांग्रेसले विगतका विभिन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका र असहयोग गरेका नेता तथा कार्यकर्तामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यो निर्णय गरेको जानकारी गराउँदै पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार मातहतका सबै निकायलाई परिपत्र गर्दै कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
परिपत्रमा विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक तथा असहयोग गरी अनुशासनविपरीतका काम गरेकाले कारबाहीमा परेकाहरूलाई माफी दिने निर्णय गरेकोले कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
निर्णयमा कारबाही माफी पाएका व्यक्तिहरूको पार्टीमा पहिले बहाल रहेको पद तत्काल फिर्ता नहुने तर, ‘क्रियाशील सदस्यता’ नवीकरण गर्न पाउने उल्लेख छ ।
बैठकले पार्टी परित्याग गरी स्वतन्त्र बसेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकालाई पुनः कांग्रेसमै फर्कन हार्दिक आह्वान गर्दै फर्किनेलाई पार्टीले क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको परिपत्रमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण