शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

समानुपातिक सूची टुङ्ग्याउन प्रदेशगत छलफलमा कांग्रेस

आइतबार, १३ पुस २०८२, १७ : ५९
आइतबार, १३ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक रोकेर समानुपातिक सांसदको सूची टुङ्ग्याउन प्रदेशगत छलफल गरिरहेको छ । कार्यसम्पादन समिति बैठकमा सहभागी हुन आएका नेताहरू बिहान ११ बजेदेखि प्रदेशगत रूपमा सूची टुङ्ग्याउन केन्द्रीय कार्यालय सानेपामा छलफलमा छन् ।

प्रदेशगत रूपमा छलफल भइरहेको कार्यसम्पादन समिति बैठक नबसेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् । निर्वाचन आयोगले पुस १३ र १४ गते समानुपातिक सूची बुझाउने समय राखेको छ ।

संसदीय बोर्ड गठन नगरी कार्यसम्पादन समिति बैठकले समानुपातिक तर्फको सूची बनाउने तयारी गरेको कांग्रेसले पहिला प्रदेशगत रूपमा छुट्ट्याउन छलफल गरिरहेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप