भविष्यमा कुनै घर नजलुन्, हाम्रा भावना नढलुन् : आईजीपी कार्की
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भदौ २४ मा जस्तै भविष्यमा नेपालका कुनै घर जल्न नहुने बताएका छन् ।
काठमाडौँको बसन्तपुरमा ‘हाम्रो प्रहरी’ अभियानको आइतबार सुरुवात गर्दै आईजीपी कार्कीले भने, ‘भविष्यमा नेपालका कुनै घर नजलुन्, हाम्रा भावना नढलुन् ।’
विदेशमा हाम्रो पासपोर्ट हेरेर तिमी आगो लगाउने मुलुककाे मानिस हौ भनेर कसैले भन्ने वातावरण बनाउनु नहुने उल्लेख गर्दै उनले भने, ‘नेपाली नागरिक विश्व जगतमा शान्तिप्रेमी भनेर चिनिनुपर्छ ।’
गत भदौ २४ मा आगजनी र तोडफोड पछि प्रहरी कार्यालयहरू पुरानै अवस्थामा फर्काउन योगदान गर्नेहरूलाई सम्मान गर्दै आईजीपी कार्कीले भने, ‘गाँस कटाएर पुनर्निर्माणमा सहयोग गर्ने शान्तिप्रेमी महानुभावहरूलाई नमन गर्न चाहन्छु ।’
चोर, डाका र लुटेराहरुलाई कानुनी दायरामा ल्याउन नागरिकको सार्थक प्रयास जरुरी रहेको उनले बताए । उनले भने, ‘नागरिक र प्रहरी भनेको ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा जस्तै हो ।’
निर्वाचन सफल बनाएर जननिर्वाचित प्रतिनिधिलाई कानुन बनाउने ठाउँमा लगेर कानुन बनाउन जरुरी छ रहेको कार्कीको भनाई छ । उनले भने, ‘निर्वाचनलाई सफल बनाउन सबैले सार्थक काम गर्न अनुरोध गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण