कांग्रेसले पारित गर्यो समानुपातिक बन्दसूचीमा राख्ने ११० जनाको नाम
सोमबार, १४ पुस २०८२, १६ : ५७
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीको बन्दसूचीमा राख्ने ११० जनाको नाम केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिले नाम पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘११० जनाको नामावली पठाउँछौँ । त्यो कार्यसम्पादन समिति बैठकबाट पारित भएको छ,’ डा. महतले भने, ‘प्राविधिक विषय मिलाएर आयोगमा बन्दसूची बुझाउँछौँ ।’
उनले पुराना योगदान गरेका र अवसर नपाएकालाई सूचीमा समावेश गरिएको जानकारी दिए ।सबै जिल्लालाई समेट्ने कोसिस गरिएको र पहिला समानुपातिकमा अवसर पाएकालाई सूचीमा नराखिएको प्रवक्ता डा. महतले बताए ।
यसअघि प्रत्यक्ष निर्वाचन जितेर सांसद भएका भने सूचीमा रहेको महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण