बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति

सोमबार, १४ पुस २०८२, १९ : १८
सोमबार, १४ पुस २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ । 

उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएकाे जेनजी अभियन्ता सुदन गुरुङले राताेपाटीलाई जानकारी दिए ।

उनीहरूबिच पटक–पटक संवाद हुँदै आएपनि सहमति हुन सकेको थिएन ।  

यसअघि रवि र बालेनबिच पार्टी सभापतिमा रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने गरी सहमति भइसकेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप