एन्फाको साधारण सभा माघ २८ गते झापामा हुने, कार्यसमितिको अग्रिम निर्वाचन पनि गरिने
बुधबार, १६ पुस २०८२, १६ : १३
ललितपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठकले सङ्घको नियमित साधारण सभा आगामी माघ २८ गते झापामा सम्पन्न गर्ने निर्णय गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त मिति तय गरेको हो ।
बैठकले सङ्घको विधान बमोजिम साधारण सभाकै अवसरमा एन्फा कार्यसमितिको अग्रिम निर्वाचन समेत गर्ने निर्णय पारित गरेको छ । साधारण सभाको एजेण्डामा निर्वाचनको विषयलाई समावेश गरी नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।
यसैगरी, एन्फाले आर्थिक वर्ष २०८२/८३ को लेखा परीक्षण गर्नका लागि सुबोध एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय गरेको छ । लेखा परीक्षण तथा अनुपालक समितिको सिफारिसमा प्राप्त आठ वटा प्रस्तावमध्येबाट सुबोध एसोसिएट्सलाई छनोट गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण