राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कैलाली । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको निर्वाचन अधिकृत एवं कैलालीका जिल्ला न्यायाधीश भुवनसिंह थापा र कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले संयुक्तरुपमा उद्घाटन गरे । कार्यालय स्थापना भएसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस प्रदेशमा राष्ट्रियसभाका लागि दुई जनाको निर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । उनका अनुसार एक महिला र एक जना अन्यका लागि निर्वाचन हुनेछ । उनले यस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २२७ मतदाता रहेका जानकारी दिए । त्यसमध्ये, १७५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र ५२ प्रदेशसभा सदस्य रहेका उनले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल प्रदेश निर्वाचन कार्यालय धनगढीको परिसर कायम गरिएको र दुई मतदान केन्द्र रहने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण