मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
राजनीति

प्रतिनिधिसभा निर्वाचन : कालीकोटबाट प्रचण्ड एकल सिफारिस

बिहीबार, १७ पुस २०८२, १७ : ०४
बिहीबार, १७ पुस २०८२

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’काे नाम कालीकोटबाट एकल सिफारिस गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रचण्डको नाम एकल सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको एक नेताले रातोपाटीलाई बताए ।

‘प्रेमबहादुर सिंह, महेन्द्रबहादुर शाही लगायतका जिल्लाका नेताहरूको बसाइँका क्रममा उहाँ (प्रचण्ड)लाई नै सर्वसम्मत गर्ने निर्णय भयो,’नेकपाका एक जिल्ला तहका नेताले भने ।

कालीकोटमा शान्ति प्रक्रियापछि लगातार माओवादीले जित्दै आएको छ । ०७९ मा यहाँबाट महेन्द्रबहादुर शाही निर्वाचित भएका थिए । कालीकोट कर्णालीमा साविक माओवादीको जनाधार भएको जिल्ला पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप