पत्रकार सम्मेलन
अब पार्टीसँग विशेष महाधिवेशन बाहेक विकल्प छैन : विशेष महाधिवेशन पक्षधर (विज्ञप्तिसहित)
शुक्रबार, १८ पुस २०८२, ११ : ४१
सारांश
- नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पार्टीसँग अब विशेष महाधिवेशनको विकल्प नरहेको बताए।
- शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो बताएका हुन्।
- नेता सुवास पोखरेलले विशेष महाधिवेशनबाहेक अन्य विकल्प नरहेको र यो वैधानिक अधिकार भएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन् ।
_0r3SvQxpkw.jpg)
पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले भने-‘ कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प रहेन । यो हाम्रो वैधानिक अधिकार हो । विधानको बाध्यकारी व्यवस्था हो ।’
पोखरेलले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गरोस् भन्ने माग आफूहरूको रहेको बताए । पोखरेलले एकता र विश्वास एकैपटक जगाउन आग्रह पनि आफूहरूको आग्रह गरे ।
_xVKgmD4sA7.jpg)
प्रेस विज्ञप्ति-
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण