भेनेजुएलाका राष्ट्रपति मादुरोलाई ‘पक्राउ’ गरेको ट्रम्पको दाबी
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक सन्देश लेख्दै ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष अपरेशनका क्रममा मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देश बाहिर लगिएको उल्लेख गरेका छन्। यसबारे थप जानकारी दिन उनले फ्लोरिडास्थित मार–ए–लागोमा पत्रकार सम्मेलन गर्ने समेत बताएका छन्।
यसअघि भेनेजुएलाको राजधानी काराकास र वरपरका क्षेत्रमा शनिबार बिहानैदेखि भीषण विस्फोट र कम उचाइमा उडेका विमानहरूको आवाज सुनिएको थियो। भेनेजुएला सरकारले विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो भूभागमा ‘गम्भीर सैन्य आक्रामकता’ देखाएको र काराकाससहितका विभिन्न राज्यमा हमला गरेको पुष्टि गरेको छ। भेनेजुएलाले यसलाई देशको तेल र खनिज स्रोत कब्जा गर्ने उद्देश्यले गरिएको साम्राज्यवादी आक्रमणको संज्ञा दिएको छ।
अमेरिकाले लामो समयदेखि मादुरोमाथि अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सङ्गठनको नेतृत्व गरेको आरोप लगाउँदै आएको थियो। हालै मात्र अमेरिकाले मादुरोको पक्राउका लागि ५ करोड डलरको पुरस्कार घोषणा गरेको थियो भने क्यारिबियन क्षेत्रमा ठूलो सङ्ख्यामा अमेरिकी सेना परिचालन गरिएको थियो।
मादुरोलाई कहाँ लगिएको छ भन्नेबारे ट्रम्पले स्पष्ट नपारे पनि भेनेजुएला सरकारले आफ्ना नागरिकहरूलाई यो ‘आक्रमण’ विरुद्ध सडकमा उत्रन र राष्ट्रिय रक्षा योजना लागू गर्न आह्वान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण