रास्वपा, नाउपा र थरुहट तथा थारुवानबिच ९ बुँदे सहमति
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका पूर्व पदाधिकारीहरूबीच समायोजन भएको छ।
- दुई पार्टीबीच ९ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ, जसमा जनआन्दोलनका शहीद र घाइतेप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।
- उक्त सहमतिमा समतामूलक उन्नति, सामाजिक न्याय र असल शासन कायम गर्ने लक्ष्य राखिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व पदाधिकारीका साथै थरुहट/थारुवान अभियन्ताहरूबिच समायोजन भएको छ । सोमबार राष्ट्रिय सभा गृहमा एकता समायोजन आयोजना गरी ९ बुँदे सहमति पत्र सार्वजनिक गरेको हो ।
भदौ २३ र २४ को जेनजी आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका शहीद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्य मार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न रास्वपा र नाउपाका पूर्व पदाधिकारीहरूबिच सहमति भएको बताइएको छ ।
सबै नेपालीको समतामूलक उन्नति प्रति कटिबद्ध सामाजिक न्याय सहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी शक्तिहरू मिलेर नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको तथ्यलाई आत्मसात् आत्मसात् गरिएको सहमति पत्रमा स्पष्ट पारेको छ ।
सहमति पत्रमा रास्वपाबाट उपसभापति डीपी अर्याल, थरुहट÷थारुवान अभियन्ता लक्ष्मण थारु, सुरेन्द्र चौधरी, नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण