मकवानपुर–२ मा एमालेबाट बर्तौला र ठकुरीको नाम सिफारिस
सारांश
- एमालेले मकवानपुर क्षेत्र नम्बर २ बाट आगामी निर्वाचनका लागि महेश बर्तौला र सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको छ।
- महेश बर्तौला यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने सुवासचन्द्र ठकुरी पनि उम्मेदवार सिफारिस भएका छन्।
- कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय डिना मकवानपुर-१ बाट उम्मेदवार सिफारिस भएकी छिन्।
हेटौँडा । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट चुनाव लड्न नेकपा एमालेले २ जनाको नाम सिफारिस गरेको छ । एमाले मकवानपुर क्षेत्र नम्बर–२ को क्षेत्रीय समितिको बैठकले सो निर्वाचनका लागि संविधानसभा सदस्य र निवर्तमान सांसदको नाम सिफारिस गरेको हो ।
बैठकले सो क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्न एमाले प्रमुख सचेतकको जिम्मेवारी पाइसकेका एवम् निवर्तमान सांसद महेश बर्तौला र संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको हो । बर्तौलाले यसअघि सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । पहिलो पटक चुनाव लडेका बर्तौलाले तत्कालीन गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पराजित गरेका थिए । आगामी निर्वाचनमा पनि नेकपाको तर्फबाट खतिवडा नै सो क्षेत्रमा चुनाव लड्ने चर्चा रहेको छ ।
यता, संविधानसभा सदस्य ठकुरी पुनः उम्मेदवार बन्न सोही क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् । ठकुरीले २०७० मा सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । सो पश्चात् ठकुरीलाई पाखा लगाउँदै विरोध खतिवडाले एमालेबाट टिकट लिएर चुनाव जितेका थिए । एमाले विभाजन पछि सो क्षेत्रमा एमालेले खतिवडाको विरुद्धमा बर्तौलालाई उठाएको थियो ।
मकवानपुर–२ कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको निर्वाचन क्षेत्र हो । २०७४ को निर्वाचन र साे अघिका अधिकांश चुनाव सोही मकवानपुर–४ (हाल २) क्षेत्रबाट लडेकी उनले २०७९ मा मकवानपुर–१ बाट चुनाव लडेकी थिइन् । आगामी निर्वाचनका लागि पनि डिना मकवानपुर–१ बाट उम्मेदवार सिफारिसमा परेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण